पोखरामा लागूऔषधसहित २ युवक पक्राउ
पाेखरा | भदौ २६, २०८०
पोखरा: कास्की प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका १५ नागबेली मार्ग बस्ने २५ वर्षीय बाल आले र सिराहा घर भई हाल पोखरा महानगरपालिका ७ घारीपाटन बस्ने ३३ वर्षीय अरुण तामाङ रहेका छन् ।
उनीहरुलाई गत २५ गते बजे पोखरा महानगरपालिका वडा नं. १५ नागबेली मार्गमा लागुऔषध विक्री गरिरहेका सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम, रामबजार समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको साथबाट नुर्फिन ३० एम्पुल, डाइजापाम ३० एम्पुल र फेनरागन ३० एम्पुल गरी जम्मा ९० एम्पुल लागुऔषध बरामद भएको छ ।
हाल जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी मुद्दामा दिन सात (७) म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...

